सुनको मूल्य तीन सय रुपैयाँले घट्याे

लोकपथ
78
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै घट्दै ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?