विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । उपत्यकाका विद्यालय तथा कलेजहरुको पठनपाठन प्रभावित भएका छन् ।
कतिपय विद्यार्थीहरु विहानै कलेज पुग्दा बन्द भन्दै फिर्ता भएका थिए भने केहीमा भने पठन पाठन भएका छन् ।
यस्तै स्कुलहरुले पनि धमाधम अभिभावकहरुलाई ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द रहने सूचना पठाएका छन् ।
गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा मंगलबार बन्द आह्वान भएको हो ।
यसैबीच उपत्यकाबाट प्रहरीले २० जना बन्दकर्तालाई पक्राउ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया