१. निर्वाचन आचारसंहिता संशोधन गर्न एमालेले आयोगलाई दियो ३७ बुँदे सुझाव, मौनअवधि २४ घण्टा बनाउनेदेखि निर्वाचनमा बालबालिकाको प्रयोगलाई निषेध गर्नसम्मको राय ।
२. माओवादी केन्द्रको स्थानीय चुनावको अन्तर्घातबारे छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन, पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र धोका दिनेलाई दण्डित गरिने अध्यक्ष प्रचण्डको भनाइ ।
३. निर्वाचन आचारसंहिताबारे आयोगले थाल्यो राजनीतिक दलहरूसँग छलफल, निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको जोड ।
४. १७ दिनदेखि अनशनरत निहारिका राजपुतले तोडिन् अनसन, आरोपित पुरुषको डीएनए परीक्षण गर्नेसहित सरकारसँग तीन बुँदे सहमति ।
५. नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति प्रतिनिधि सभा र राष्ट्रियसभाले ग¥यो शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार बस्दै ।
६. बेलायतमा नेपाली नर्स लैजान नेपाल सरकार र बेलायत सरकारबीच सम्झौता, नेपाली नर्सहरुले बेलायती नर्ससरह नै सेवा सुविधा पाउने ।
७. कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाका स्याउ उत्पादन हुने ठाउँमा सडक नपुग्दा बगैँचामै कुहिन थाले स्याउ, भारी बोकेर कर्णाली राजमार्ग पु¥याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता ।
८. भदौ दोस्रो साता कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गरिँदै ।
९. मृत व्यक्तिलाई जिवित बनाएको भ्रम फैलाउने पास्टर राजेन्द्र गोतामे पक्राउ, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३ सय ३७ परिक्षणमा थप ६ सय ५८ जनामा संक्रमण पुष्टि, ४ सय ५६ जना कोरोना संक्रमण मुक्त, १ जनाको मृत्यु ।
११. साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य गिरावट, नेप्से परिसूचक ७ दशमलव ४१ अंकले घट्दा १ अर्ब ७२ करोड बढीको कारोबार ।
१२. हेट स्पिचको आरोप लागेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीले थाल्यो अनुसन्धान, खानलाई गिरफ्तार गरे विरोधमा उत्रिने समर्थकहरूको चेतावनी ।
१३. मध्य इराकी प्रान्त केरबालामा रहेको मस्जिद भत्किँदा चार जनाको मृत्यु, ६ जनाको उद्धार, ४ जना घाइते ।
१४. नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यातर्फ प्रस्थान, केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने ।
१५. खेल सुरु भएको ८ सेकेण्डमै गोल गर्दै एमबाप्पेले बनाए कीर्तिमान, कीर्तिमानीसँगै एमबाप्पे फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने दोस्रो खेलाडी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया