एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

एभरेष्ट बैंकका ग्राहकहरुलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट एक हजार पाँच सय भन्दा बढि मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १ सय १८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?