काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो । बैठक सोमबार अपरान्ह ३ बजे बस्ने भनिएपनि ढिलोगरी सुरु भएको हो ।
गठबन्धनले सिट बाँडफाँटको मोडालिटी बनाउन बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो ।
निर्वाचनका लागि सिट बाँडफाँट र तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने भनेपनि सहमति जुट्न नसक्दा सिट बाँडफाँट पेचिलो बन्दै आएको छ । तोकेको समयमा कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप एक साता समय माग्ने तयारी कार्यदलको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया