बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा छुट

लोकपथ
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनका बीचमा छुट सम्झौता सम्पन्न भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १२ प्रतिशत छुट पाउनेगरि सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन महालक्ष्मीस्थान ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बताइएको छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन महालक्ष्मीस्थान ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ भने बैंकले हाल १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?