काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोपसमेत लगाए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुईक्क बोल्न नसकेको बताए ।
नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामासामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए । सत्तारुढ दलका नेताहरु भने यसबारे चुईक्क बोल्न नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमति, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको आरोप लगाए ।
उनले भने, ‘यस पार्टीका नेताहरु छोरीबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् ।’ उनले नेकपा एमाले बनाउने काममा केन्द्रित भएर लागिरहेका दाबी गरे । ‘नेकपा एमाले त्यस्तै पार्टी हो । ६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । हामीले नक्सा जारी गर्याैं । संविधानमा त्यसलाई समेट्यौं, उनले भने ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया