महेन्द्रनगर कञ्चनपुरमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर कञ्चनपुरमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको हो ।

सोरुम समुद्धघाटन कार्यक्रममा डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीलगायतको उपस्थिति रहेको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाँझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

श्रावन २६ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुकोमाँझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका सञ्चालक गोकुल देव जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?