‘द कपिल शर्मा शो’मा हुने छैनन् कृष्णा अभिषेक

लोकपथ
585
Shares

काठमाडौं । भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ । नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् ।

कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ शोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।

अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् । उनले आफू ‘सारेगमप लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिलको शोमा धेरै समय दिन नसकेको खुलाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?