कांग्रेस (वीपी) लमजुङको सभापतिमा अधिकारी

लोकपथ
0
Shares

लमजुङ । लमजुङमा नेपाली कांग्रेस (वीपी) जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनारायण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुंग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए ।

भेलामा नेपाली कांग्रेस (वीपी) का केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । नेपाली कांग्रेसले (वीपी) कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा वीपीको विचारलाई नेपाली समाजमा लागू गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताए । यसैगरी, पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायतले मन्तव्य राखेका थिए ।

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपरबहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङलगायत रहेको सभापति अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?