प्रभु क्यापिटल र ट्रयाङकुलिटी स्पाबीच छुट सम्झौता, ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

लोकपथ
91
Shares

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । कम्पनीका अनुसार भदौ एक गते प्रभु क्यापिटल र ट्रयाङकुलिटी स्पाका बीचमा छुट सम्वन्धी सम्झौंता भएको हो । सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङकुलिटी स्पाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सोमा रजिष्टरभई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ । हितग्राहीले चेक आउट, बिल पे मेन्ट गर्दा प्रभु क्यापिटलको मोवाईल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रयाङकुलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्ने छन् ।

अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?