प्रदीप गिरीको निधनप्रति प्रतिनिधि सभाले पारित गर्‍याे शोक प्रस्ताव

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

वि.सं.२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरी २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७५ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरीको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?