गिरीको निधनमा संसद बैठकले शोक प्रस्ताव पारित गर्ने

लोकपथ
49
Shares

काठमाडौं । दिवगंत नेता प्रदीप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा– ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका गिरी त्यसपछि क्रमश: २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित भएको क्यान्सर पिडित गिरीको शनिवार राती उपचारको क्रममा निधन भएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतवार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?