१२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
70
Shares

काठमाडौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकवोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ सात गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ असोज चार गते, २०७९ मंसिर छ गते, २०७९ फागुन नौं गते र २०८० भदौ पाँच गते तोकिएका छन् ।

राष्ट्र बैकका अनुसार यि सबै ट्रेजरी पुरानो नविकरण अन्तर्गतका हुन् । यसअघि यही साउन ३० गते पनि राष्ट्र बैकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?