सप्तरी निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार बन्ने यादवको तयारी

लोकपथ
156
Shares

सप्तरी । जनता समाजवादी पार्टीका मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादव सप्तरी निर्वाचन क्षेत्रनम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरिरहेका छन् ।

मधेश आन्दोनमा अग्रणी भूमिका निर्वाह गरी पटकपटक मधेशी मोर्चाको नेतृत्व गरेका विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय यादव पहिलोपटक संसदीय चुनाव लड्ने तयारीमा जुटेका हुन्।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका यादव हालसम्म मधेशीसहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा शुरूदेखि अहिलेसम्म सक्रिय छन् ।

२०४५ सालदेखि नेकपा एमालेको विधार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेका यादव पछिल्लो समय मधेशवादी दलको जिल्ला तथा प्रदेश समितिको नेतृत्वमा छन् ।

२०४५ सालमा एमाले विधार्थी संगठन अनेरास्ववियू सप्तरीको अध्यक्ष, तत्कालीन सगरमाथा अञ्चल समितिको अध्यक्ष, केन्द्रिय सचिव र एमाले सप्तरीको सचिवालय सदस्यसम्मको जिम्मेवारी बहन गरेका नेता यादव हाल जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको मुख्य सचिवको जिम्मेवारी पाएका छन् ।

पार्टीले उम्मेदवार बनाए यादवले चुनाव लड्ने मनसाय बनाएको उनी निकट नेताहरु बताउँछन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने सोच नेता यादवको छ ।

गत संघ र प्रदेश निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धनबाट चुनाव हुँदा जसपाले पाएका निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनको नेतृत्व सफल भएको थियो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ मा पुर्खौली घर भएका नेता यादव २०४५ सालदेखि राजविराज नगरपालिका ३ स्थित आफ्नै घरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?