राजकीय सम्मानकासाथ प्रदीप गिरीको अन्त्येष्टि (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरीको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा सहभागि हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।

आर्यघाटमा प्रधानमन्त्री देउवासहित पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाल प्रहरीको एक टुकुडीले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको सम्मानमा सलामी अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?