गिरीको योगदान स्मरणीय रहनेछ : सभामुख सापकोटा

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

दिवंगत गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेका सभामुख सापकोटाले ट्वीट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरीको योगदान सदा स्मरणीय रहने बताए ।

सभामुख सापकोटाको ट्वीटमा भनिएको छ ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । दिवंगत गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?