इमरान खानमाथि ‘हेट स्पिच’को आरोप

लोकपथ
156
Shares

काठमाडौं । इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको लाइभ भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेम्रा)ले यस्तो प्रतिबन्ध लगाएको हो ।

शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गत हप्ताअघि पक्राउ परेका आफ्ना सहयोगी शाहबाज गिलमाथि गरेको व्यवहारलाई लिएर उच्च प्रहरी अधिकारी, एक महिला मजिस्ट्रेट, पाकिस्तानको निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएपछि उनको भाषण प्रसारणमा प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान तेहरिक–इ–इन्साफले आफ्नो भाषण÷कथनहरूमा राज्य संस्थाहरू र अधिकारीविरुद्ध आफ्नो उत्तेजक बयानमार्फत निराधार आरोप र घृणापूर्ण भाषण फिँजाएर राज्य संस्थाहरूमाथि लगातार आरोप लगाइरहेका पेम्राले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?