१३ चैत्र २०७९, सोमवार

जापानका धनाड्य नेपाली भट्ट एनआरएन अध्यक्षमा विजयी

२०७४,आश्विन,३१,मंगलवार ००:४९

0
Shares

काठमाडौं, ३१ असोज— गैरआवासिय नेपाली संघ (एनआरएन) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।अध्यक्षकी प्रत्यासी जमुना घलेलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् ।गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्। सम्मेलनमा एक हजार ७८८ एनआरएन मतदानमा सहभागि भएका थिए ।यस्तै उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् ।महासचिवमा डा बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएका छन् ।गोरखाका जन्मिएका नवनिर्वाचित भट्ट जापानमा व्यवसायमा संलग्न छन् । उनको जापानमा दुई सय ९० रेस्टुरेन्ट रहेका छन् ।जापानका धनाड्य उनको नेपालमा पनि मिडिया, एयरलाइन्स र हस्पिटालिटीलगायत क्षेत्रमा लगानी रहेको छ ।जापान अध्ययनका लागि पुगेका सामान्य परिवारका उनी पछि रेस्टुरेन्ट व्यवसायबाटै सफल बनेका हुन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ००:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६