१३ माघ २०७९, शुक्रवार

कांग्रेस नेता गिरीको निधनप्रति कसले के भने ?

२०७९,भाद्र,५,आईतवार ११:५२

54
Shares

काठमाडौं । नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरीको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्वर्गीय गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जाल मार्फत् स्मरण गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तब्ध भएकोसमेत उनले जनाएका छन् । ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।

उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत् भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरी चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ओलीले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् । ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गिरीलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन वौद्धिक विमर्शले मलाई ठूलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ ! हार्दिक श्रद्धान्जली/समवेदना !’

गिरीको आवश्यकता पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उनको निधनले नेपाली राजनीतिमा अपूरणिय क्षति गरेको उनले बताएका छन् । ‘प्रदीपजी, छिटै छोडेर जानुभो ! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्यरसहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमासँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ !,’ डा.भट्टराइले भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय गिरीलाई समाजवादी चिन्तकको रुपमा स्मरण गरेका छन् । ‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ ।

दिवंगत नेता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: २०७९,भाद्र,५,आईतवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार संघ र

नेपाली क्रिकेटलाई सुधार्न र माथिल्लो श्रेणीमा उकाल्न पटक पटक प्रशिक्षकहरु ल्याइने गरे पनि यसको स्थिरतामा भने प्रश्न उठ्न थालेका छन्

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६