माछापुच्छ्रे बैंक र फेकनबीच व्यावसायिक सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सीज अर्गनाईजेशन नेपाल (फेकन) बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा फेकनका तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

साथै, उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १ सय ६७ शाखारहित बैंकिङ्ग सेवा तथा २ सय ७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?