कांग्रेसद्वारा गिरीको निधनप्रति दु:ख व्यक्त, आजै अन्त्येष्टी गरिँदै

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीको निधनप्रति दु:ख व्यक्त गरेको छ । गिरीको शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले नेता गिरीको निधनप्रति दुख व्यक्त गरेका हुन् ।उनकाअनुसार स्वर्गीय नेता गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर आज (आइतबार) बिहान ९ बजे देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालय मन्दिर तथा साढे ११ बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन सानेपामा राखिने छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली दिइने जानकारी गराइएको छ ।

२००४ साल कार्तिक १७ गते सिराहामा जन्मिएका गिरी नेपालको हरेक राजनीतिक परिपर्तनको साक्षी हुन् । उनी २०१७ सालबाटै राजनीतिमा सक्रिय रहेका थिए । लामो राजनीतिक जीवन व्यतित गरेका गिरीको जीवनशैली सरल साथै हरेक विषयमा गहिरो अध्ययन भएका नेताको रुपमा परिचित छन् ।

कांग्रेस मात्र नभएर हरेक राजनीतिक दलका नेता कार्यकर्ताले समेत उतिकै मन पराइएको पात्र हुन् उनी । लामो समय घाँटीको क्यासरबाट पीडित उनी साउनको पहिलो साता नेपाल फर्किएका थिए । स्वास्थ्य थप जटिल भएसँगै ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइएको उनको शनिबार राति निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?