आज दिनभर के-के भए ? भिडियाेमा हेर्नुहाेस् लाेकपथका पन्ध्र समाचार

लोकपथ
65
Shares

१. नेकपा माओवादी केन्द्रले लगायो २१ सदस्यीय पदाधिकारीको टुंग्गो, महासचिवमा देव गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर महरा, र कोषाध्यक्षमा श्रीराम ढकाल चयन ।

२.भदौ १० गतेदेखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि अब नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि बाध्यकारी भएको भनाइ ।

३. केपी ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको आरोप, अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको जिकिर ।

४. एमसीसी माधव नेपालको कार्यकालबाट शुरु भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दाबी, आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने भनाइ ।

५.सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने नेकपा एमालेका सचिब टोपबहादुर रायमाझीको भनाइ, वर्तमान गठबन्धनले मुलुकलाई सही दिशातर्फ अगाडि नबढाउने आरोप ।

६.राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक नभएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाइ, राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको प्रस्टोक्ती ।

७. भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न अध्यक्ष कमल थापाको आग्रह, वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको दाबी ।

८. विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, संविधानको रक्षाका लागि बनेको गठबन्धनले दिनमा पनि निरन्तरता पाउनेमा विश्वस्त ।

९. धर्मपुत्री बनाएर नेपाली बालिकालाई स्वीट्जरल्यान्ड लैजान खोज्ने तीन बेलायती पक्राउ, प्रस्थान अनुमति नदिँदा अध्यागमनका कर्मचारीमाथि कुटपिट ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३ सय ३७ परिक्षणमा थप २ सय ९९ जनामा संक्रमण पुष्टि, ५ सय ७७ जना कोरोना संक्रमण मुक्त, २ जनाको मृत्यु ।

११. गत साताको तुलनामा यस साताको कारोबार रकममा दुई अर्बले कमी, नेप्से २ हजार ६८ अंकमा खुम्चिदाँ १० अर्ब ५० करोड बढीको सेयर कारोबार ।

१२. उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु दर्जनौं घाइते, हेलिकप्टरको सहयोगमा आगो निभाउने प्रयास जारी, ३५० जना विस्थापित ।

१३. नोभेम्बरमा बालीमा हुने जी(२० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने, अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित हुने वा न हुने भन्ने अझै भएन तय ।

१४. नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा सुरक्षा समिति पदाधिकरीहरूसँग सदस्य–सचिव टंकलाल घिसिङले गरे छलफल, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीको संयोजकत्वमा उपसमिति गठन ।

१५.इंग्लिस प्रिमियर फुटबल लिगमा आज आर्सनल र बर्नेमाउथ भिड्दै, नेपालीसमय अनुसार राति सवा १० बजे सुरु हुने खेल निकै रोमान्चक हुने अपेक्षा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?