एकीकृत समाजवादी काभ्रेपलान्चोकको अध्यक्षमा हुमागाईं चयन

लोकपथ
78
Shares

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)को काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

आज शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सह–सचिवमा चयन गरेको छ ।

हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?