नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादी केन्द्रले गर्यो घोषणापत्र मस्यौदा समिति गठन

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र निमार्णको तयारी थालेको छ । पार्टीले आसन्न निर्वाचनलाई लक्ष्यित गर्दै आज घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन भएको स्रोतले जनाएको छ ।

पार्टी केन्द्रीय स्रोत अनुसार समितिको सदस्यहरुमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।

निर्वाचन आयोगले निर्वाचन मिति तोकेसँगै पार्टीले चुनावी तालमेलसहितका विभिन्न कार्यहरुलाई तिव्रताका साथ अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?