राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक होइन : मन्त्री कार्की

लोकपथ
195
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् ।

शनिबार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले संसद्ले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए । उनले यस पटक भने नागरिका विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए। मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताए ।

उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताए ।

मन्त्री कार्कीले चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकता विहीनको समस्या अन्त्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?