नेता गिरीको परिवार भन्छ- ‘उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ’

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको पारिवारिक स्रोतले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ ।

गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिएको हो ।

वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो ।

उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?