भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस् : कमल थापा

लोकपथ
273
Shares

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् ।

ललितपुरको जावलाखेलमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा थापाले बेरोजगारी, महङ्गी, धर्म परिवर्तन, कुशासनको अन्त्य गर्न र जनताले अनुभुती गर्ने परिवर्तनको निम्ति विकल्पमा जानू पर्ने बताए । वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको दाबी गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए ।

नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठुला दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने बताए । उनले राप्रपा नेपाललाई विश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे । कार्यक्रम सुरु हुनुअघि लगनखेल बसपार्कबाट नारासहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?