१७ आश्विन २०७९, सोमवार

चिनियाँ बक्सअफिसमा आमिर खानको नजर

२०७९,भाद्र,४,शनिवार १२:१४

117
Shares

मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो ।

चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ ।

यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन् । फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो ।

त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।

प्रकाशित मिति: २०७९,भाद्र,४,शनिवार १२:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना

काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५