मुम्बईमा ठूलो विस्फोटको तयारी गरिरहेका छौँ भन्दै प्रहरीलाई म्यासेज आएपछि…

लोकपथ
598
Shares

काठमाडौं । भारतको मुम्बई प्रहरीलाई धम्कीपूर्ण म्यासेज आएको छ । मुम्बई प्रहरीलाई ह्वाट्सएपमा आएको एक म्यासेजमा मुम्बईलाई उडाउने पूर्ण तयारी भएको बताइएको भारतीय सञ्चार माध्यम अमर उज्यालाले जनाएको छ ।

आक्रमण कुनै पनि समयमा हुन सक्ने र उक्त हमला ९११ को आक्रमण जस्तै हुने धम्की दिने व्यक्तिले म्यासेजमा बताएका छन् ।

उक्त सन्देशपछि मुम्बई पुलिस अलर्टमा छ । म्यासेज पठाउनेबारे अनुसन्धान भइरहेको मुम्बाई प्रहरीले बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा यो म्यासेज पाकिस्तानको नम्बरबाट आएको पाइएको छ । म्यासेजमा भनिएको छ कि यदि तपाईंले मलाई चेक गर्नुभयो भने, स्थान पाकिस्तान देखाउनेछ, तर विस्फोट मुम्बईमा हुनेछ। धम्की दिने व्यक्तिले म्यासेजमा छ जनाले भारतमा यो हमला गर्ने लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?