टुचेललाई प्रतिबन्ध, कोन्टेलाई १५ हजार जरीवाना

लोकपथ
546
Shares

काठमाडौं । इंग्ल्यान्ड फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलपछि विपक्षी टोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेसँग झगडा गरेको कारण टुचेललाई प्रतिबन्ध लगाईएको हो ।

यस्तै टुचेललाई ३५ हजार पाउण्ड जरीवाना गरिएको छ ।

टोटेनहमका मुख्य प्रशिक्षक कोन्टेलाई भने १५ हजार पाउण्ड जरीवाना गरिएको छ ।

खेल २-२ गोलको बराबरीमा सकिएपछि हात मिलाउने क्रममा उनीहरु झगडामा उत्रिएका थिए । दुबैले रातो कार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?