९ चैत्र २०७९, बिहीवार

कुमारी बैंकबाट सेयर भर्दा अब कुनै शुल्क नलाग्ने

२०७९,भाद्र,३,शुक्रवार २१:०७

90
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १ गतेबाट लागुहुनेगरि आफ्नो सम्पूर्ण खाताहरुमा सी–एएसबीए आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भादौ १ गते पश्चात बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिँदा कुनै शुल्क लाग्ने छैन ।

ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाता धारकहरुलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

बैंकले आफ्ना देशव्यापी रहेका १ सय ९७ शाखा सञ्जाल, १ सय ९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । साथै, बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,३,शुक्रवार २१:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम सम्बन्धी एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । विदेशी मुद्रा कारोबार गर्ने सम्पुर्ण

काठमाडाैं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव १५ अंकले गिरावट आएको छ । केही दिनयता घटेको बजार १

काठमाडौं । आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले शनिबार बाहेक ४० दिन सार्वजनिक बिदा पाउने भएका छन् । नेपाल

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००