माछा मार्ने क्रममा पानी डुबेर एक जनाको मृत्यु

लोकपथ
78
Shares

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ ।

ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।

राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो ।

मृतक राईको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?