लोकपथ टप फिप्टिन हेडलाइन्स : कृष्ण जन्माष्टमीकाे राैनकदेखि कानुन विद्सँग राष्ट्रपतिकाे छलफलसम्म

लोकपथ
117
Shares

१. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निष्कर्ष बिहिन, पदाधिकारी चयन भन्दा निर्वाचन केन्द्रीत छलफल बढी, महासचिवमा आकांक्षी बढेपछि पदाधिकारी चयन जटिल बन्दै ।

२. आज देशैभर धार्मिक विधिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाइयो, श्रीकृष्ण जन्माष्टमीका अवसरमा, राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त ।

३. सत्तारुढ पाँचदलीय गठबन्धनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, गठबन्धन भ्रष्ट नेताहरुको आपराधिक समूह भएको भन्दै जनताले निर्वाचनबाट सबैलाई हराउने जिकिर ।

४. नागरिकता विधेयक बारे राष्ट्रपति विद्यादेवी भण्डारीले थालिन् कानून विद्हरुसँग परामर्श, सुझबुझपूर्ण निर्णय नगरिए देशले ठूलो जोखिम मोल्नुपर्ने संविधानविद्को चेतावनी ।

५. घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा अझै आएन सुधार, स्वस्थ्य अवस्था थपजटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार हुँदै ।

६. देशभर कोरोना संक्रमणको जोखिम बढ्दै, पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा संक्रमण पुष्टि, ४ सय ८७जनाले जिते कोरोना ।

७. निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलहरुको निवेदनका आधारमा कागज पत्रमाथि छानविन गर्दै निर्वाचन आयोग, आगामी भदौ ८ गतेसम्म दलहरुको अन्तिम विवरण प्रकाशन गर्ने तयारी ।

८. आगामी निर्वाचनको घोषणा पत्र तयारीका लागि एमालेले थाल्यो विज्ञहरुसँग छलफल, निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी अघि बढेको योगेश भट्टराईको दाबी ।

९. आगामी निर्वाचनका विषयमा जसपाले थाल्यो विभिन्न कमिटीहरुसँग छलफल, स्थानीय निर्वाचनमा गठबन्धनबाट कांग्रेसले मात्र बढी फाइदा लिएको आरोप, लोसपा–जसपाको गठबन्धन केन्द्रदेखि प्रदेशसम्म शक्तिशाली बन्न सक्ने नेताहरुको ‘रिपोर्टिङ’ ।

१०. जनकपुरस्थित जानकी चोकको फुटपाथमा पूजासामग्री बेचेको भन्दै नगर प्रहरीको धरपकड, जबरजस्ती ठेला हटाउन लागेपछि प्रहरी र व्यापारीबीच झडप, झण्डै एक दर्जन व्यापारी प्रहरीको नियन्त्रणमा ।

११. अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि मूल्य समायोजनमाआयल निगमको अटेरी, निगमले बेइमानीर कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठगेको आरोप, राष्ट्रिय उपभोक्ता मञ्चले दियो संसदीय समितिमा उजुरी ।

१२. प्रधानमन्त्रीले रक्सी पिएर नाचेको भिडियो भाइरल भएपछि फिनल्याण्डको राजनीतिमा हलचल, लागूऔषधको समेत प्रयोग गरेको विपक्षी नेताको आरोप, घटनाबारे प्रधानमन्त्री मरिनद्वारा अस्वीकार ।

१३. सुडानमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परि दजनौँ मानिसको मृत्यु, १४ हजारबढी घर ध्वस्त, झण्डै डेढ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्र संघको अनुमान ।

१४. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामाआयोजना हुँदै, असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र पार्दै प्रदेश र विभागीय टोली ।

१५. महिला च्याम्पियन्स लिगको पहिलो क्वालिफायर राउण्डमा म्यानचेस्टर सिटी र रियल मड्रिड भिड्दै, आइतबार हुने खेलमा विजेता हुने टिम छनोटको दोस्रो चरणमा पुग्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?