रामदेव तेलकाे ‘हरेक हप्ता चाडपर्व उत्सव’ योजना सार्वजनिक

लोकपथ
91
Shares

काठमाडौं । गणपति वनस्पति प्रालिले उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलद्वारा नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वसम्म चाडपर्वको बहार हरेक हप्ता आर्कषक उपहार योजना सार्वजनिक गरको छ ।

जसअनुसार डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्र्पधामा भाग लिन सक्ने तथा हरेक हप्ता दुईजना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत प्रत्येक बिहीवार विजेताको घोषण फेसबुकमार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिनेछ । लक्की ड्र मार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको हो ।

चाडपर्वलाई उत्सवको रुपमा मनाउन कम्पनीले आग्रह गरेको छ । गणपति वनस्पति प्रालिद्वारा उत्पादित रामदेव तोरीको तेल,सुर्यमुखी तेल र भटमासको तेल काठमाण्डौं र पोखराका विभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?