मर्जर तथा प्राप्ती प्रक्रियामा राष्ट्र बैंकको छलाङ

लोकपथ
13
Shares

काठमाडौं । मर्जर तथा प्राप्ती प्रक्रियामा नेपाल राष्ट्र बैंकले छलाङ मारेको छ । वित्तीय क्षेत्र थप सबल र बलियो बनाउनको लागि मर्जर तथा प्राप्ती सम्वन्धी प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेका कारण मर्जरमा सफलता हाँसिल गरेको हो ।

राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्वन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म कुल २ सय ४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर, प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन् ।

यस अवधिमा सात वटा प्रदेशका ७७ वटा जिल्ला अन्तर्गतका कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७९ असारसम्म ७ सय ५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ असारसम्म ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १ सय २६ रहेको छ । यस मध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार पाँच सय २८ पुगेको छ । २०७८ असार मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या १० हजार ६ सय ८३ रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको ५ हजार ९, बिकास बैंकहरुको १ हजार १ सय १८, फाईनान्स कम्पनीहरुको २ सय ६७ र लघुवित्त वित्तीय संस्थाहरुको ५ हजार १ सय ३४ वटा शाखाहरु सञ्चालनमा रहेको देखिएको छ ।

बैंक तथा फाइनान्सहरुको हाल कायम रहेको कुुल शाखा संख्या:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?