दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने

लोकपथ
325
Shares

काठमाडौं । अमेरिकी आईडल ‘फाइनलिस्ट’ नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन हिजो(बिहीबार) काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीति प्रस्तुत गर्न आफू नेपाल आएको बताए ।

नेपालमा भोलि (शनिबार)देखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनिसहितको टोली नेपाल आएको छ । उनले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रस्तुती दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए ।

एक महिना नेपाल बस्ने उनले नेपालको सांस्कृतिक, सांगीतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताएका छन् । संगीत युनिभर्सल ल्याङ्गवेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने छन् । उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वाससमेत व्यक्त गरे ।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरेलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताएका छन् । उनले अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?