११ चैत्र २०७९, शनिवार

भारतको ताज महल संस्कृतिमा दाग?

२०७४,आश्विन,३०,सोमवार १७:१२

0
Shares

३० असोज- भारतीय जनता पार्टीका एकजना विधायेक संगीत सोमले ताजमहललाई ‘भारतीय संस्कृतिमाथिको एक दाग’ भनेका हुन् । विश्वप्रसिद्ध स्मारक ताज महलबारे उनको गम्भीर टिप्पणीले भारतमा हंगामा भएको छउत्तर प्रदेश राज्यका सांसद उनले मेरठ शहरमा आफ्ना समर्थकहरुका एक भेलालाई सम्बोधन गर्दै त्यस्तो टिप्पण गरेका हुन्।उनले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका थिए, “जो व्यक्तिले आफ्ना बाबुलाई थुनामा राखेका थिए के त्यो भारतीय इतिहास हो?”उनको अर्को प्रश्न थियो, “ताज महल बनाउनेले उत्तर प्रदेश र हिन्दूस्थानमा थुप्रै हिन्दूहरुलाई निशाना बनाए के त्यसलाई इतिहास मान्न सकिन्छ? यदि त्यो इतिहास हो भने त्यो दुर्भाग्यपूर्ण छ र हामी त्यो इतिहासलाई परिवर्तन गर्नेछौं।”उनले भनेजस्तो सन् १६४३ मा आफ्नी प्यारी श्रीमतिको स्मृतिमा ताज महल निर्माण गर्न लगाउने मुस्लिम मुगल बादशाह शाहजहांले आफ्ना बाबुलाई थुनामा राखेका थिएनन्।बरु उनलाई नै उनका छोरा औरंगजेबले मृत्युपर्यन्त थुनामा राखेका थिए। विधायक संगीत सोम विवादास्पद अभिव्यक्तिका लागि परिचित छन्।उत्तर प्रदेशका विधायक संगीत सोमको टिप्पणीप्रति सामाजिक संजालका वेबसाइटहरुमा आक्रोश र स्तब्धतापूर्ण अभिव्यक्तिहरु भैरहेका छन्।ट्वीटरमा सोमबार ताज महल शब्द सर्वाधिक चर्चित रहेको थियो।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १७:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११