माओवादी स्थायी कमिटी बैठक : पदाधिकारी टुंगो लगाउनै सकस

लोकपथ
143
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी चयनको विषय जटिल बन्दै गएको छ । शुक्रबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक निष्कर्षबिहिन टुंगिएको हो ।

स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्‍याैं,’ महराले भने । पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ ।

भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न कार्यक्रममा सहभागि हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?