आज श्रीकृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

लोकपथ
169
Shares

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचो लागेको छ ।

त्यसको साथै अन्य कृष्णमन्दिरहरुमा पनि कृष्णको पूजाअर्चना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । पछिल्लो समय घर-घरमा बच्चाहरुलाई कृष्णको पहिरनमा फोटो खिच्ने प्रचलन पनि त्यतिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?