चेक बाउन्स मुद्दामा कांग्रेस प्रदेश क्षेत्रीय सभापति पक्राउ

लोकपथ
0
Shares

भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारबाट पक्राउ गरिएको हो ।

सभापति खड्काले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहीबार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडकामाथि अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?