१८ आश्विन २०७९, मंगलवार

ब्याडमिन्टन टोली आज भारत जाने

२०७९,भाद्र,३,शुक्रवार १०:३८

63
Shares

काठमाडौं । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ ।

नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् । प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन् । प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ ।

यहि टोली पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने इन्डिया जुनियर ग्राँपिमा सहभागी हुनेछ । दुवै प्रतियोगितामा नेपालले पुरुष/महिला सिंगल्स/डबल्स र मिक्स डबल्मा गरी ५ स्पर्धामा सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरे ।

प्रकाशित मिति: २०७९,भाद्र,३,शुक्रवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४