काठमाडौं । प्रतिनिधि सभाबाट दोस्रोपटक नागरिकता विधेयक हुबहु पारित हुनु दुर्भाग्यपूर्ण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा उक्त विधेयक आज (बिहीवार) मतदान प्रक्रियाबाट पुनः पास भएको हो ।
नागरिकता विधेयक पास भएपछि यस बिषयमा थुप्रै टिकाटिप्पणी सुरु भएका छन् । सोहीअनुसार राप्रपा नेपालका अध्यक्ष थापाले टुईट गर्दै ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।’
थापाले गरेको द्विटमा थप्दै ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको आरोपसमेत लगाएका छन् ।’
कमल थापाले गरेकाे ट्विट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया