आज दिनभर के-के भए ? भिडियाेमा हेर्नुहाेस् लाेकपथका पन्ध्र समाचार

लोकपथ
117
Shares

१. राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, पक्ष र विपक्षमा भएको मतदानमा बहुमत सांसदले दिए पक्षमा मत ।

२. स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाइ, नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने प्रतिवद्धता ।

३. नागरिकता विधेयकलाई जबरजस्ती र जिद्दी तरिकाले अगाडि बढाएमा समाज विभाजित हुने भन्दै प्रदीप ज्ञवालीले गराए सचेत, जनमत विभाजित नगर्न आग्रह ।

४. भदौ २० भित्र उम्मेदवारको टुंगो लगाउने नेकपा एकीकृत समाजवादीको निर्णय, माओवादीसँग एकता गर्न पार्टी एकता संयोजन समिति गठन गरिने ।

५.वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी ।

६.नागरिकता विधेयक खारेज गर्नुपर्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल माग, वैवाहिक नागरिकताको आधारमा विवाह गर्ने वित्तिकै नागरिकता दिन नहुने अडान ।

७. राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रियताको रक्षाका लागि मात्र नभई, कर्तव्य भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलको जिकिर ।

८. संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक, सबैभन्दा लामो समय बिदा बस्नेमा सांसद नवराज रावत ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय ३० परीक्षणमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय २१ जना संक्रमणमुक्त, देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित ।

१०. रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु, एक जना महिला घाइते, बस चालक प्रहरी नियन्त्रणमा ।

११. कारोबारको अन्तिमदिन बिहीबार सुधारियो सेयर बजार, नेप्से २७.५६ अंकले वृद्धि हुँदा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँको कारोबार ।

१२. चीनको उत्तरपश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु दर्जनौँ बेपत्ता, ६ हजारभन्दा बढी मानिस प्रभावित ।

१३. रुसी आक्रमणमा परी चार जना युक्रेनीको मृत्यु, बीस जना घाइते, आक्रमणमा धेरै भवन र सवारी साधनहरु ध्वस्त ।

१४. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले एन्फालाई पठाए जवाफी पत्र, पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने एन्फा महासचिव किरण राईको भनाइ ।

१५. म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मर्सीसाइड पुलिसले दियो चेतावनी, फ्यानमाथि आक्रमण र आपराधिक क्षतिको आरोप ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?