ट्राफिक प्रहरीको विशेष चेकिङ : लापरवाही गर्ने १ सय १४ विद्यार्थी कारबाहीमा

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको विशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारबाहीमा परेका छन् ।

कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै थालिएको ट्राफिक चेकजाँच अभियानअन्तर्गत आज ११४ जना कारवाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेहरुमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना,लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?