कुमारी बैंकको धनवृद्धि योजना : १० गुणासम्म प्रतिफल

लोकपथ
195
Shares

काठमाडौं । कुमारी बैंकले धनवृद्धि मुद्दती योजना सर्वसाधरणहरु माझ ल्याएको छ । बैंकले व्यक्तिगत खातावालहरुलाई लक्षित गर्दै धनवृद्धि मुद्दती योजना ल्याएको हो ।

बैंकको योजना अनुसार निक्षेपकर्ताले आफूले जम्मा गरेको सावाँ रकमको (करकट्टी पश्चात पनि) दुई गुणाहुँदै दश गुणासम्म प्रतिफल प्राप्त गर्न सक्छन् ।

तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा खातावालले बैंकको नियमानुसार मुद्दती निक्षेप कर्जासमेत लिन पाउने व्यवस्था रहेको कुमारी बैंकले जनाएको छ ।

बैंकले दिएको जानकारी अनुसार जम्मा गरेको रकम करकट्टी पश्चात एकमुष्ट प्राप्त हुने, आर्जित व्याज तथा साँवा रकमको ९० प्रतिशतसम्म कर्जा पाइने, परिवारका चार जना सदस्यहरुलाई २६ लाखसम्मको बीमा सुविधा र निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराईने छ ।

साथै, विस्तृत जानकारीका लागी नजिकैको कुमारी बैंक शाखा अथवा हामीलाई फेसबुक लिङ्कमार्फत सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?