१८ आश्विन २०७९, मंगलवार

चेकजाँचको नाममा ट्राफिककाे असुली धन्दा !

२०७९,भाद्र,२,बिहीवार २१:५४

63
Shares

सिराहा । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुस्खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, ‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दुसखदिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।’

नयाँ चौक चोहर्वामा तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेकटर टुपेन्द्र कुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ ।

प्रकाशित मिति: २०७९,भाद्र,२,बिहीवार २१:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. नवरात्रको आज नवौं तथा अन्तिम दिन, दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरि मनाइयो, नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको

यतिबेला देश दसैँमय भएको छ । आज दसैँको नवमीको दिन हो । हरेक समुदाय दसैँको माहोलमा झुमेको छ । थारु

सररर…चाचा हुइया….। गाउँघर, सहरबजारमा दसैँ आएको छनक दिने र लिंगेपिङ मच्चाउँदा निस्कने आवाज हो, यो । वर्षमा एकपटक धर्ती छोड्नैपर्ने

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४