प्रभु बैंक लिमिटेड र होटल सिताशरण प्रालिबीच छुट सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सिताशरण प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रालिकाे तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले होटल सिताशरण प्रालिद्वारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौताअन्तर्गत होटल सिताशरणमा सुविधा लिन चाहेका प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरणका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?