सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । आज (बिहीवार) शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिएका हुन् ।

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्न’, उनले भनेका हुन् । उनका अनुसार, ‘विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन दिए ।

शिक्षक सेवा आयोगको नियामवली संशोधन पश्चात आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिम काम छिटो सम्पन्न गर्न पौडेलले आग्रह गरे । विद्यालय समायोजन लागतयका काममा पनि सक्रियता पूर्वक काम गर्न पनि मन्त्री पौडेलले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?