माओवादी सांसदको आरोप : ‘राष्ट्रपतिले विवेकको प्रयोग गर्न सक्नुभएन’

लोकपथ
156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो आरोप लगाएकी हुन् । उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताईन् ।

सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिईन् । उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताईन् । उनले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताईन् । नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने उनको बताईन् ।

उनले भनिन्, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने बहस सिर्जना गरिरहेका छौँ । यो बहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने ? यो वहस पनि छैन । यहाँ कुन कोणबाट बहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ ।’

उनीहरुलाई नागरिकता सहज ढंगले दिनुपर्ने बताउँदै एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन? भन्दै प्रश्न गरिन् । सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?